३ वर्षदेखि कामै नगर्दा पनि पतिभन्दा ७ गुणा धनी छिन् विपाशा, यति छ उनीहरुको सम्पत्ति
मुम्बइ। बलिउडकी हट अभिनेत्री विपाशा बसु लामो समयदेखि फिल्मबाट टाढा छिन् । विपाशा पछिल्लो पटक २०१५ मा रिलिज भएको फिल्म अलोनमा देखिएकी थिइन् । यो फिल्ममा उनको अपोजिट रोलमा उनकै पति करण सिंह ग्रोवर थिए । २०१६ मा यी दुईले विवाह गरे । करण बलिउडमा विपाशाभन्दा पनि सिनियर हुन् । तर, अनुभव र सम्पत्तिको कुरामा भने विपाशा करणभन्दा निकै अगाडि छिन् । विपाशाको सम्पत्ति पति करणको भन्दा ७ गुणा धेरै भएको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार विपाशाको नेटवर्थ १५ मिलियन डलर अर्थात १०८ करोड भारतीय रुपैयाँ छ । उनका पति करण सिंह ग्रोवरको सम्पत्ति भने १४.५ करोड मात्र छ । विपाशासँग अहिले कुनै फिल्म छैनन् तर उनीसँग मल्टिनेशनल कम्पनीका विज्ञापन छन् । विपाशासँग ओडी ७, पोर्शे, फक्सवेगन, बिटल जस्ता सुविधासम्पन्न र महंगा गाडीहरु छन् । यसका अलावा मुम्बइको पाश इलाकामा विपाशाका २ घर छन् । उनीसँग कोलकातामा पनि उक घर छ । उनी मुम्बमा अर्को पनि घर किन्ने तयारीमा भएको बताइएको छ ।
विपाशा विभिन्न स्टेश शोमा गइरहन्छिन् । उनले एक स्टेज शोको २ करोड लिन्छिन् । विपाशा ४० भन्दा बढी म्यागजिनको कभरपेजमा पनि देखिइसकेकी छिन् । रिपोर्टका अनुसार करण र विपाशा फिल्म आदतमा एकसाथ देखिन सक्छन् । विपाशा अहिले पनि फिल्मको २ देखि ३ करोड चार्ज लिन्छिन् । उता करणले भने एक दिनको शुटको लागि ८० हजार लिन्छन् ।
October 3, 2018 10:34 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग