प्रियंका र निक विवाहको तयारीका लागि राजस्थानमा !
पछिल्लो समय प्रेम सम्बन्धका कारण अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनस चर्चामा छाइरहेका छन् । केही समय अघि इन्गेजमेन्ट गरेको यो जोडी विवाहका कारण चर्चामा छाइरहेको छ ।प्रियंकाका प्रेमी यतिबेला प्रियंको घर भारत आएका छन् । प्रियंका र निक आफ्नो विवाहको तयारीमा लागेका छन् । यो जोडीको विवाह भारतको राजस्थानमा आयोजना गर्ने तयारीमा लागेको छ । मंगलबार प्रियंका र निक प्राइभेट जेटमा मुम्बईबाट राजस्थानको जोधपुर गएका छन् ।
प्रियंका आफ्नो विवाह जोधपुरको भव्य उम्मेद भवन प्यालेस र मेहरानगढ फोर्टमा गर्ने योजना बनाइरहेकी छिन् । विवाहको योजना र व्यवस्थापन गर्नका लागि प्रियंका प्रेमी निक जोनसकासाथ मंगलबार जोधपुर पुगेकी हुन् ।प्रियंका र निक दुवैले राजस्थानको उम्मेद भवन प्यालेस र मेहरान फोर्टको अवलोकन गरेका छन् भने व्यवस्थान टिमका साथ विवाहको कार्यक्रम र पाहुनाहरुको विषयमा छलफल गरेका छन् । प्रियंका र निक छिट्टै नै विवाहको मितिको टुंगो लगाउने छन् ।
October 3, 2018 11:55 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :