प्रियंका र निक विवाहको तयारीका लागि राजस्थानमा !
पछिल्लो समय प्रेम सम्बन्धका कारण अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनस चर्चामा छाइरहेका छन् । केही समय अघि इन्गेजमेन्ट गरेको यो जोडी विवाहका कारण चर्चामा छाइरहेको छ ।प्रियंकाका प्रेमी यतिबेला प्रियंको घर भारत आएका छन् । प्रियंका र निक आफ्नो विवाहको तयारीमा लागेका छन् । यो जोडीको विवाह भारतको राजस्थानमा आयोजना गर्ने तयारीमा लागेको छ । मंगलबार प्रियंका र निक प्राइभेट जेटमा मुम्बईबाट राजस्थानको जोधपुर गएका छन् ।
प्रियंका आफ्नो विवाह जोधपुरको भव्य उम्मेद भवन प्यालेस र मेहरानगढ फोर्टमा गर्ने योजना बनाइरहेकी छिन् । विवाहको योजना र व्यवस्थापन गर्नका लागि प्रियंका प्रेमी निक जोनसकासाथ मंगलबार जोधपुर पुगेकी हुन् ।प्रियंका र निक दुवैले राजस्थानको उम्मेद भवन प्यालेस र मेहरान फोर्टको अवलोकन गरेका छन् भने व्यवस्थान टिमका साथ विवाहको कार्यक्रम र पाहुनाहरुको विषयमा छलफल गरेका छन् । प्रियंका र निक छिट्टै नै विवाहको मितिको टुंगो लगाउने छन् ।
October 3, 2018 11:55 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग