तीनै तहका सरकारबीच सहकार्य आवश्यकः मुख्यमन्त्री राउत
सर्लाही । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारबीच समन्वय र सहकार्य भएन भने मुलुक समृद्ध नहुने बताएका छन् । सर्लाही हरिवन नगरपालिकाले आज उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले भने, “मुलुकको विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी छ ।”
मुख्यमन्त्री राउतले मुलुकको विकास र समृद्धिका लागि पार्टीगत स्वार्थभन्दा माथि उठेर कार्य गर्नुपर्नेमा जोड दिदैं “संविधानअनुसार तीनै तहका सरकारबीच कसरी समन्वय र सहकार्य गरेर अगाडि बढ्न सकिन्छ, त्यो नीति तीनै तहले लिनुपर्छ”, भने। एकले अर्कालाई गाली गरेर देशको उभो लाग्दैन र यो कार्य गर्नु पनि हुँदैन, उनले भने, “विगतका तीता मीठालाई कुरालाई विर्सेर समृद्ध मुलुकको निर्माणका लागि सबैले एकतावद्ध भएर कार्य गर्नुपर्दछ ।”
मुख्यमन्त्री राउतले प्रदेश २ अहिलेसम्म जेजति कारणले पछि परे पनि, यस प्रदेशमा विकासका सबै सूचक प्राप्त गर्नसक्ने आधार रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र कृषि उत्पादकत्वमा पछि पर्ने तथा धेरै युवालाई खाडी मुलुकमा पठाउने प्रदेशका रुपमा मात्रै होइन, उद्योग, पर्यटकीयस्थल, कृषि उत्पादकत्वलाई वृद्धि गरेर खाद्यान्नमा मुलुकुलाई धान्नसक्ने आधार यो प्रदेशमा धेरै नै रहेको बताए। कार्यक्रममा मुख्यमन्त्री राउतलाई सम्मान गरिएको थियो ।
October 4, 2018 10:49 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय