Thursday 26th March 2026

सरकारी विकास परियोजना कार्यान्वयनमा सहकार्य गर्न प्रदेश र स्थानीय तहलाई आह्वान

7 years अगाडी

काठमाडौं। सरकारले सहरी विकास परियोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारलाई पनि सहकार्य गर्न आह्वान गरेको छ।
सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले सहरी विकास परियोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारालाई सहकार्य गर्न आह्वान गरेका हुन्।

बिहीबार देशका मुख्यमुख्य सहरहरु विराटनगर, वुटवल, वीरगंजलगायतका क्षेत्रमा संचालन गर्न लागिएको सहरी विकास परियोजना कार्यान्वयनसम्बन्धि अवधारणा सार्वजनिक गर्दै उनले सहरी विकास सम्बन्धि सो महत्वकांक्षी परियोजना संघीय सरकार एक्लैले कार्यान्वयन गर्न नसक्ने बताए।

एशीयाली विकास बैंकले तयार पारेको सो परियोजनाको अवधारणा लागू गराउन आवश्यक सहयोग गर्न संघीय सरकारले निजी क्षेत्रका व्यवसायीहरुलाई पनि आग्रह गरेको छ। मन्त्री राईले निजी क्षेत्र र अन्तराष्ट्रिय समूदायको पनि सहभागितामा सो परियोजना अघि बढाउने योजना पनि अघि सारे।  मन्त्री राईले सहरी विकास परियोजना अघि बढाउन सरकारले दातृ निकायलाई पनि लगानी गर्न आग्रह गरिरहेको जानकारी दिए। परियोजनामा देशका मुख्य, मुख्य सहरलाई स्मार्ट सिटीको रुपमा अघि बढाउने योजना समावेश गरिएको छ।

          October 4, 2018 12:32 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...