Thursday 26th March 2026

बसको ठक्करले किशोरको मृत्यु !

7 years अगाडी

दमौली । बसको ठक्करबाट आज तनहुँमा एक किशोरको मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँ भानु नगरपालिका–२ का १२ वर्षीय कुमार पोख्रेल रहेको छ । चितवनको नारायणगढबाट लमजुङको बेंशीशहर जाँदै गरेको ना३ख ४५३४ नंको यात्रुवाहक बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घरबाट खेल्न जाने क्रममा साइकलमा आइरहेका पोख्रेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्यु भएको आक्रोशमा स्थानीयवासीले अहिले डुम्रे–बेंशीशहर सडकखण्ड अवरुद्ध पार्दै प्रदर्शन गरिरहेका छन् ।

          October 5, 2018 11:40 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...