तनुश्री-नाना विवादमा काजोलको कडा टिप्पणी
एजेन्सी । तनुश्री दत्ताले नानापाटेकरमाथि यौन दुव्र्यवहारको आरोप लगाएपछि बलिउडमा हुने कास्टिंग काउच र शारीरिक शोषणको विषयमा बहस सुरु भएको छ । फिल्मी स्टार यो विषयमा फरक फकर धारणा राखेका छन् । यहीबीचमा प्रसिद्ध अभिनेत्री काजोलले कडा टिप्पणी गरेकी छन् । उनले आफ्नो फिल्मी करिअरमा यस्तो घटना कहिले पनि नभोगेको बताइन् ।
उनले भनिन्, ‘मात्र हल्ला सुनेको छु । कसैले अहिलेसम्म कसैले आरोप स्वीकार गरेको छैन ।’ काजोलले आफ्नो हेलिकोप्टर ईलाको प्रमोशनका क्रममा एक टिभीमा उनले कहिले पनि आफूमाथि कास्टिंग काउच नभएको बताइन् । उनले यदि त्यस्तो भएको भए आफू चुप नरहनेसमेत बताइन् ।
उनले तनुश्रीले कास्टिंग काउच सहनु परेकोमा दुःख व्यक्त गर्दै यस्तो हुनु राम्रो नभएको बताइन् । तनुश्रीले वरिष्ठ कलाकार नानामाथि यौन दुव्यवहार गरेको आरोप लगाएकी थिइन् । उनकाअनुसार नानाले २००८ मा एक फिल्म शूटिंगका क्रममा तनुश्रीसँग इन्टिमेट हुन खोजेका थिए । नानाले भने यो आरोप अस्वीकार गरेका छन् । उनले आफूले त्यस्तो नगरेकोसमेत बताएका छन् । यो विवादले बलिउडमा भुकम्प नै ल्याएको छ ।
October 5, 2018 12:45 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :