Thursday 26th March 2026

सेर्गेइप्रति पुटिनको आक्रोश- ऊ राष्ट्रघाती र घृणालायक छ

7 years अगाडी

एजेन्सी, १९ असोज । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले पूर्व दोहोरो गुप्तचर एजेन्ट सेर्गेइ लेभरोभलाई ‘राष्ट्रघाती र घृणालायक’ भनेका छन् । उनले सेर्गेइ रसियाली जेलबाट रिहा भएपछि विदेशी गुप्चरसँग मिलेको मस्कोलाई थाहा भएको बताए । ‘उनी मात्र घृणाको पात्र हुन्,’ पूर्व गुप्तचर सेर्गेइ लेभरोभलाई संकेत गर्दै बुधबार मस्कोस्थित एनर्जी फोरममा पुटिनले आक्रोशित हुँदै भने ।

बेलायतले स्क्रीपाललाई रसियाली सैनिक गुप्तचरका अधिकारीहरुले सोभियतमा निर्माण भएको नर्भ एजेन्टद्वारा हमला गरेर गत मार्चमा हत्या प्रयास गरेको आरोप लगाएका छन् । बेलायतको यस्तो आरोपपछि दुई देशबीचको सम्बन्धमा कूटनीतिक संकट उत्पन्न भएको छ ।

पुटिनले भने, ‘उनी पक्राउ परे, सजाय पाए, पाँचवर्षसम्म जेलमा बसे, हामीले उसलाई निस्कन दियौं, उसले देश छाडे र पुनः विदेशी सुरक्षा सेवालाई सल्लाह र निरन्तर समन्वय गर्न शुरु गरे ।’ पूर्व रसियाली गुप्तचर कर्णेल रहेका सेर्गेइ लेभरोभलाई २००६ मा बेलायतलाई देशको गोप्य सूचना प्रदान गरेकोमा दोषी पाइएको थियो र उनलाई १३ वर्षको जेल सजायँ तोकिएको थियो ।

          October 5, 2018 1:18 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...