Thursday 26th March 2026

अध्यक्षद्वयको डेढघण्टाको छलफलपछि नेकपाले बोलायो सचिवालय बैठक

7 years अगाडी

काठमाडौं, १९ असोज । नेकपाको शक्तिशाली भनिएको सचिवालय बैठक आगामी आइतबार बस्ने भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको डेढ घण्टा लामो छलफलपछि सचिवालयको बैठक बोलाइएको हो । ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । विहीबार दुई हप्ता लामो विदेश भ्रमणबाट स्वदेश फर्किएका ‌ओलीसँग प्रचण्डले पार्टी एकता र नेकपा बरिष्ठ नेता माधव नेपालको असन्तुष्टि र सरकारको काम कार्वाही लगायतका विषयमा कुरा उठाएका थिए ।

भेटबारे जानकारी दिँदै प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले भने, ‘समसामयिक विषयमा नेताद्वयबीच कुराकानी भएको हो । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको भेटवार्ता भर्खरै सकिएको छ।’भेटमा प्रदेश नेतृत्वको छनौट सम्बन्धी निर्णय, स्थानीय तहमा पार्टी एकीकरण र गुट तथा उपगुटबाट आएका आलोचनाबारे समिक्षा भएको नेकपाका एक नेताले बताए ।

सचिवालय बैठक लगत्तै स्थायी समितिको बैठक समेत बोलाउनेबारे अध्यक्षद्वयबीच छलफल भएको ती नेताले बताए ।
पछिल्लो समय अध्यक्षद्वयले मनलाग्दी निर्णय गर्दै हिंडेको भन्दै माधव नेपाल समूह असन्तुष्ट बन्दै आएको छ । सरकारको कामकारबाहीको कारण अलोकप्रिय बन्दै गइरहेको भन्दै नेता नेपालले सदनमै सम्बोधन गरेका थिए ।

          October 5, 2018 2:36 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...