Thursday 26th March 2026

बाँकेको ठुटे जंगलमा सवारी दुर्घटना, ४ को मृत्यू

7 years अगाडी

काठमाडौं, २० असोज । दाङको तुल्सीपुरबाट नेपालगञ्ज जाँदै गरेको माइक्रो हाइस बस दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यू भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान रा १ ख १६६२ नम्बरको हाईस बसले बाँकेको ठुटे जङ्गलमा बसलाई ओभर ट्याक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ । घाइतेहरुलाई उपचारको लागि नेपालगञ्ज लगिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

          October 6, 2018 11:16 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...