बैतडीमा पञ्चवर्षीय रणनीतिक योजनाको खाका तयार
बैतडी । दशरथचन्द नगरपालिकाले महिला तथा बालबालिकाका लागि पञ्चवर्षीय रणनीतिक योजनाको खाका तयार पारेको छ। संविधान र कानूनअनुसार नगर क्षेत्रभरिका बालबालिका तथा महिलाको समग्र विकासमा सहयोग पुर्याउने लक्ष्यसहित रणनीतिक योजनाको खाका तयार पारिएको नगरपालिकाका सामाजिक विकास शाखाप्रमुख विनोदबहादुर चन्दले जानकारी दिए।
बालबालिका र महिलाको समग्र विकासका लागि नगरपालिकाले लिने रणनीति, अवलम्बन गर्नुपर्ने नीति र योजनामा समेटिएको जानकारी दिँदै उनले भने, “सरोकारवालासँग पञ्चवर्षीय रणनीतिक योजनाबारे छलफल गरेर रणनीतिलाई अन्तिम रूप दिनेछौँ।”
नगरपालिकाले तयार पारेको रणनीतिक योजनामा समावेश भएका कुरा कार्यान्वयनमा सरोकारवाला जोड दिएका छन्। यसअघि पनि थुप्रै नीति बनेकाले अबको योजना कार्यान्वयन हुने खालको बनाउनुपर्ने महिला अधिकारकर्मी सरस्वती भट्टले बताए। उनले भने, “नगरपालिकाभित्र पनि थुप्रै दुर्गम क्षेत्र रहेकाले ती क्षेत्रका महिला तथा बालबालिकाको समस्या समाधान गर्ने खालका योजना समेटिनुपर्छ।”रणनीतिक योजनालाई अन्तिमरुप दिएर कार्यपालिको बैठकबाट पारित गराउने बताइएको छ।
October 6, 2018 11:32 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय