गरुड-पुराणका अनुसार स्त्री वा पुरुषले जीवनमा अधुरो छोड्न नहुने यी ४ काम !
सुखी जीवनका लागि हिन्दू शास्त्रमा धेरै नियम र उपायहरु रहेका छन् । शास्त्रमा रहेका नियमहरुको सही पालनाले जीवन सुखमय रहन्छ । गरुड पुराणमा यस्ता चार प्रकारका कामको वर्णन पाइन्छ जुन स्त्री वा पुरुष दुबैले कहिल्यै अधुरो छोड्न नहुने उल्लेख गरिएको छ ।
यी चार कामलाई अधुरो छोडेमा भविष्यमा जीवनमा नोक्शान हुने धारणा छ ।थाहापाउनुस् यी चार काम जुन कहिल्यै अधुरो छोड्न हुन्न ।
पहिलो काम : यदि कोही शत्रुले लगातार तपाइँलाई हानी पु–याउने कोशिस गरिरहेको छ भने सतर्क हुनुपर्छ । शत्रुसँग मित्रता बढाउन नसके उसलाई जसरी पनि पराजित गर्नुपर्ने शास्त्रमा उल्लेख छ । शत्रुलाई पराजित नगरी अधुरै छोड्यो भने उसले जुनैैसमयमा पनि नोक्शान पु–याउन सक्छ । त्यसैले शत्रुलाई नियन्त्रणमा राख्नुपर्छ ।
दोस्रो काम : ऋण वा उधारो लिएपछि सँधै पूरै फिर्ता गर्नुपर्छ । यदि ऋण पूरै फिर्ता गरिएन भने ब्याजका कारण ऋण पुनः बढ्ने सम्भावना हुन्छ । त्यसैले ऋणलाई शत–प्रतिशत तिर्ने बानी गर्नुपर्छ ।
तेस्रो काम : यदि कोही व्यक्ति बिरामी परेमा औषधोपचार गरेर पूर्णरुपमा उपचार गर्नुपर्छ । रोगलाई औषधोपचार गरेर पूरै रुपमा ठीक भएन भने रोग बल्झेर शरीरमा हानी पु–याउन सक्छ । त्यसैले रोगलाई जहिलेपनि पूर्ण निवारण गर्नुपर्छ ।
चौथो काम : कुनै ठाउँमा आगलागी भएको छ भने आगो पूरै निभाउनुपर्छ । अन्यथा थोरै आगो पनि सल्केर ठूलो नोक्शान हुनसक्छ । आगोलाई कहिल्यै सानो ठान्नु हुँदैन र आगोलाई पूर्णरुपमा निभाउनुपर्छ ।
October 6, 2018 12:11 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :