Thursday 26th March 2026

चीनमा बेपत्ता भए इन्टरपोलका अध्यक्ष

7 years अगाडी

पेरिस, २० असोज । इन्टरपोलका अध्यक्ष चीन भ्रमणका क्रममा बेपत्ता भएको उनको श्रीमतीले जानकारी दिएकी छिन् । अध्यक्ष मेङ होङवेइकी श्रीमतीले आफ्ना ६४ बर्षीय श्रीमान सम्पर्कविहीन भएको बताएको फ्रान्सको न्यायिक कार्यालयले शुक्रबार जनाएको छ । उनले सेप्टेम्बरको अन्तिम दिनदेखि आफ्ना श्रीमान्का बारेमा थप केही थाहा नपाएको जानकारी दिए ।

फ्रान्सको लियोनबाट चीन प्रस्थान गर्नुभएका मेङ चीन पुगेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । दुवै पक्षका अधिकारीहरूले उहाँको खोजी र थप अनुसन्धान भइरहेको पनि बताएको समाचारमा जनाइएको छ ।

इन्टरपोलले पनि आफ्ना अध्यक्ष वेपत्ता भएको बारेमा विज्ञप्ती प्रकाशित गरी सरोकारवालाहरूलाई जानकारी गराएको छ । ‘फ्रान्स र चीनका सरोकारवाला अधिकारीहरूको हामी ध्यानाकर्षण गराउन चाहन्छौ,’ विज्ञप्तिमा भनिएको छ । अन्तर्राष्ट्रिय प्रहरी निकायको रुपमा रहेको इन्टरपोलले आफ्नो संयन्त्रलाई पनि उनको खोजीका लागि परिचलन गर्ने भएको छ । मेङ गत सन् २०१६ को नोभेम्बरमा इनटरपोलको अध्यक्ष निर्वाचित भएका थिए । उनको कार्यकाल आउँदो सन् २०२० सम्म रहेको छ । रासस/एपी

          October 6, 2018 12:16 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...