खुसीको खबर : दशैँको मुखैमा गाडी भाडा र ग्यासको मूल्य घट्यो !
7 years अगाडी
Susma Dhakal
भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडबाड नजिकिएसँँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा एक सय रुपैया घटाएको हो ।
छैसठ्ठी किलोमिटरको सो सडक खण्डमा यात्रुले रु पाँच सय तिर्दै आएका थिए । त्यस्तै यही असोज २४ गतेदेखि लागु हुने गरी ग्यासको मूल्यमा प्रतिसिलिण्डर रु ७५ घटाइएको छ।
व्यवसायीले ग्यास प्रतिसिलिन्डर रु १८ सय ७५ मा बेच्दै आएकामा रु एक हजार ८०० मा झारिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै जिल्लामा बेलुका ८ बजेपछि मदिरा बिक्रीवितरणमा समेत रोक लगाइएको छ । ट्याक्सीको भाडाका विषयमा भने एक साताभित्र पुनः बैठक बसेर निष्कर्ष निकालिने जनाइएको छ।
October 6, 2018 4:41 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
Loading...