

पितृ शोकमा परेका एक नेपालीलाई एनआरएनए अल कासिमद्वारा सहयोग ।

साउदी सम्वाददाता,
साउदी अरब – एनआरएनए क्षेत्रीय समन्वय समिति अल कासिमले, पितृ शोकमा परेका एक नेपाली लाई सहयोग हस्तान्तरण गरेको छ ।
विगत केहि बर्षदेखि साउदी अरबको अल कासिम स्थित पाण्डा कम्पनीमा काम गर्दै आउनु भएका दिपक बानियाँको बुवा अकस्मात निधन भएको हुँदा नेपाल जाने स्थिति सृजना भएको थियो । “भर्खरै ३-४ महीना पहिले मात्रै छुट्टी बिताएर आएका र घरको आर्थिक अवस्था कमजोर भएकोले एनआरएनए अलकासिमले सहयोग जुटाई उनलाई नेपाल फर्कन लाग्ने हवाई टिकटको शुल्क स्वरुप केहि रकम जुटाइदिएको हो”- एनआरएनए अलकासिम क्षेत्रीय अध्यक्ष रम्जानदिन मियाँ भने ।
सहयोग स्वरुप संकलित रकम ७ सय १५ साउदी रियल गत ४ अक्टोबर २०१८ का दिन उहाँकै निवासमा एनसीसी सचिव बिशाल कुमार श्रेष्ठ, युवा संयोजक राज कुमार श्रेष्ठ, भुतपुर्व क्षेत्रीय का.बा. क्षेत्रीय अध्यक्ष मनिष कोईराला लगायतका अलकासिममा कृयाशिल एनआरएनए कर्मिहरुको समुपस्थितिमा हस्तान्तरण गरिएको क्षेत्रीय अध्यक्ष रम्जानदिन मियाँले बताए साथै उनले भने एक कार्यक्रम गरि बानियाँको पिताको मृत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली सहित शोकाकुल परिवार प्रती समबेदना समेत प्रकट गरियो ।
बानियाँ नेपाल गोर्खा, कोखेका स्थाइ वासि हुन् ।
October 6, 2018 8:02 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

