भारतबाट अवैध रूपमा लुकाइछिपाइ नेपाल भित्र्याउन लागेको सामान बरामद
गौशाला । भन्सार छली भारतबाट अवैध रूपमा लुकाइछिपाइ ल्याएको रु दुई लाखको विभिन्न लत्ताकपडा र पटाका शनिबार महोत्तरी प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी भन्सार नाकामा कडा चेकजाँच गरिरहेको बेला अवैध रूपमा भारतबाट नेपाल ल्याइएका रु २ लाख मूल्य बराबरको कपडा र पटाका बरामद गरिएको हो।
उनले जिल्लाको एकडारा गाउँपालिका, सोनमा गाउँपालिका र जलेश्वर नगरपालिकाका भन्सार नाकाबाट अवैध रूपमा लुकाइछिपाइ भारतबाट नेपाल भित्र्याइएका साडी, कुर्ता सुरुवाल, पेटिकोट, पाइन्टलगायतका कपडा र त्यसैगरी विभिन्न ब्राण्डका बम र पटाका बरामद गरिएको बताए। बरामद कपडा आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय महोत्तरीमा बुझाउने तयारी भइरहेको तथा पटाकाहरू नष्ट गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
October 7, 2018 10:46 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय