पूजाको खुलासा : आज महिला आफैं छोरीलाई सनीकोमा लैजान्छन्
एजेन्सी बलिउड अभिनेत्री एवं निर्देशक पूजा भट्ट पोर्न फिल्मका कारण सनी लियोनीलाई अमेरिकाले अस्वीकार गर्दा भारतले उनलाई पहिचान दिएको बताएकी छन्। पूजाले महिलामाथि हुने अत्याचारको विषयमा कुरा गर्दै उक्त अभिव्यक्ति दिएकी हुन्। पूजाका अनुसार अमेरिकी फिल्म उद्योगले सनी लियोनीलाई अपनाउन अस्वीकार गरेको थियो। त्यसपछि आफूले सनीलाई बलिउडमा ल्याउने फैसाल गरेको उनले दाबी गरिन्। पूजाले भनिन्–सनी लियोनीलाई बलिउडमा मैले ल्याएको हो।
अमेरिकाले त सनीलाई मेनस्ट्रीम फिल्ममा स्वीकार नै गरेन। आज म देख्छु आमाहरु आफ्नी छोरीसँग सनी लियोनी भएको ठाउँमा छान्छन्। सनीले मसँग भन्ने गरेकी छन् जुन कुरा भारतमा भयो, त्यो अमेरिकामा कहिल्यै भएन। किनभने त्यो कुरा अमेरिकामा संभव नै थिएन। किनभने सनी पोर्नस्टार थिइन्।’
२०११ मा रियालिटी शो ‘बिग बोस’ सिजन–५ मा सनीले वाइल्ड कार्ड इन्ट्री लिएकी थिइन्। शोको एक एपिसोडमा निर्देशक महेश भट्ट पाहुना भएर आए र सनीलाई आफ्नो फिल्म ‘जिस्म–२’ का लागि अनुबन्धित गरे। जुन फिल्मलाई पूजाले निर्देशन गरेकी थिइन। तर उक्त फिल्म सफल भने भएन। फिल्म असफल भएपनि सनीको करियरको भने सुरुवात भयो। उनल ‘ज्यापट’ २०१३, रागिनी एमएमएस–२, २०१४, एक पहेली लीला, २०१५, कुच कुच लोचा है २०१५, मस्तीजादे २०१६, वन नाइट स्ट्याण्ड २०१६ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन्।
October 7, 2018 10:50 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग