पुरा पढ्नुहोस,वास्तुशास्त्र अनुसार घरमा गर्नुस् यी काम, धन जोगिन्छ
वास्तुशास्त्रमा बताइएका कुरामाथि ध्यान दिने हो भने घरमा हरसमय सुख र शान्ति कायम रहन्छ । यहाँ बताइएका सजिला कामहरूमा विशेष ध्यान दिनुभयो भने घरमा नकारात्मक ऊर्जा हटेर सकारात्मकता ल्याउन सकिन्छ । घर सफा गर्दा पानीमा अलिकति नून हाल्नुस् । यसो गर्दा घरमा सकारात्मक ऊर्जा छाउँछ । यस्तो ऊर्जा भएको घरमा कहिल्यै धनको कमी हुँदैन ।
घरको उत्तर र दक्षिण दिशामा पैसाको सिक्काले भरिएको कचौरा राख्नुस् । यो घरको नेतृत्वको दिशा हो । यहाँ धातुका सिक्काले भरिएको कचौरा राख्दा फाइदा पुग्छ । घरमा परिवारको फोटो झुण्ड्याउनका लागि दक्षिण पश्चिम दिशा सबभन्दा उत्तम हुन्छ । यस दिशामा फ्यामिली फोटो राख्दा परिवारसँग मिलेर काम फत्ते गर्न सकिन्छ ।
घरको पूजाकोठामा अन्य देवताका साथसाथै वास्तुदेवताको तस्वीर पनि राख्नुस् । अनि उहाँको तस्वीर वा मूर्तिमा नियमित पूजा गर्नुस् । यसो गर्दा वास्तुदोष हटेर जान्छन् । घरको छतमा राखिने पानी टंकी दक्षिणपश्चिम दिशामा राख्नु ठीक हुन्छ । अन्य दिशामा टंकी राख्नु अशुभ हुन्छ । अन्य दिशामा टंकी छ भने रातो धागोमा क्रिस्टल बाँधेर टंकीमा झुण्ड्याउनुहोला ।
घरका हरेक सदस्यले कोठाको ढोकामा खुट्टो नतेर्सिने गरी सुत्नु जरूरी हुन्छ । वास्तु अनुसार यसरी सुत्नु सही होइन । यसो गर्दा धनको समस्या आइलाग्छ । भान्सामा आगो र पानी नजिकै नराख्नुहोला । यी दुई परस्पर विरोधी चीज हुन् । यिनलाई सँगै राख्दा काममा असफलता पाइन्छ ।
October 7, 2018 11:56 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :