तीन महीनापछि काठमाडौँ-रुकुम-नेपालगञ्ज उडान सुरु
मुसिकोट । रुकुम पश्चिमको सल्ले विमानस्थलबाट आजदेखि पुनः हवाई उडान सेवा शुरु भएको छ। तीन महिनादेखि रोकिएको उडानसेवा आजदेखि काठमाडौँ –रुकुम–नेपालगञ्ज उडान गरेर नियमित भएको हो। अबदेखि जहाजले काठमाडौँ र नेपालगञ्ज पहिलेकै तालिका अनुसार हप्तामा एक÷एक दिन उडान गर्ने सल्ले निगमका निमित्त प्रमुख रमेश पोखरेलले जानकारी दिए।
उनका अनुसार नेपाल वायुसेवा निगमको जहाजले आइतबार काठमाडौँ–रुकुम–नेपाजगञ्ज र सोमबार नेपालगञ्ज–रुकुम – काठमाडौँ उडान गर्ने भएको छ। यसअघि दुर्गम ठाउँमा उडान गर्ने निगमका जहाज अपूग र मर्मत गर्नुपर्ने भएकोले नियमित सेवा अवरुद्ध भएको थियो। दशैँतिहार नजिकिंँदै गर्दा हवाईसेवा पनि नियमित भएपछि रुकुम पश्चिम तथा पूर्वका यात्रु खुशी भएका छन्। रुकुमको सल्लेबाट उडान शुरु भए पनि जिल्लाको अर्को विमानस्थल चौरजहारीमा भने अझै उडान शुरु भएको छैन। चौरजहारी विमानस्थल करीब १६ महिनादेखि हवाईसेवा बन्द भएको छ।
October 7, 2018 1:23 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय