साउदी अरबमा खप्तडि बुढाथोकी क्षेत्री सेवा समाज (KBS ) को कार्यसमिति गठन ।
तेज थापा,
साउदी अरब – रोजगारीका सिलसिलामा साउदी अरब आई विभिन्न स्थानहरुमा छरिएर रहेका खप्तडि बुढाथोकीहरु एकीकृत भइ “खप्तडि बुढाथोकी क्षेत्री सेवा समाज (KBS)” गठन गरेका छन् । साउदी अरबको जिजान स्थित सबिया जेद्दा रोडमा लिला (बिचारी) बहादुर बुढाथोकीको अध्यक्षतामा हालै सो समाज गठन भएको हो । सुनसरी स्थाई घर भएका अध्यक्ष बिचारीको अलावा समितिमा धनकुटाका डिक बहादुर बुढाथोकी उपाध्यक्ष, दोलखाका बिजय कुमार बुढाथोकी सचिव,झापाका देबेन्द्र बुढाथोकी सहसचिव, झापा कै सन्त बहादुर बुढाथोकी कोषाध्यक्ष रहेका छन् भने मुल कमिटि सदस्यहरुमा कुमार बुढाथोकी खोटाङ्ग,हस्त बहादुर बुढाथोकी झापा,डिल्लिसेर बुढाथोकी सुनसरी,डिल्लिराम बुढाथोकी झापा रहेका छन् । त्यसैगरी प्रकाश बुढाथोकी- झापा वरिष्ठ सल्लाहकार तथा सल्लाहकारहरुमा बिक्रम बुढाथोकी मोरङ, गोपाल बुढाथोकी झापा रहेका छन् । त्यस्तै कोष निरीक्षण सदस्यहरुमा पुस्कर बुढाथोकी दोलखा, दिनेस कुमार बुढाथोकी महोत्तरी,कमल प्रसाद बुढाथोकी इलाम रहेका छन् ।
देश विदेशमा रहेका खप्तडि बुढाथोकी क्षेत्री बंशहरुमा भबिस्यमा आइपर्ने विभिन्न आपत बिपत्ति तथा समस्याहरु लाई सहयोग एवम् न्यूनीकरण गर्ने समाजको प्रमुख उदेश्य रहेको अध्यक्ष बिचारीले जनाए । उनलेे भने “हाम्रोबंश,कुल,धर्म,भाषा,देवाली,गोठ,धुप,सास्कृति,पुर्खाले खाएका, मानेका र बचाएका अस्तित्वलाइ जोगाउदै सुहाउँदो परिवर्तन गर्ने एवम् खप्तडी बुढाथोकी बन्धुहरुको पुर्खौलि पुस्तक प्रत्यक खप्तडि बुढाथोकीको घरघरमा पुर्याउने अठोटका गरेका छौ” ।
त्यसैगरी उनकै अध्यक्षतामा बसेको प्रथम बैठकले विभिन्न संघ सस्थासंग मिलेर अघि बढ्ने निर्णय गरेको छ भने ११ वटा नियम र ७ वटा उद्देस्यहरु समेत सर्वसम्मतिले पारित गरेको छ । जात,जाति, भाषा, धर्म, हिमाल,पहाड,तराइ बिच अन्तर नठानि नेपाल भित्रको नेपाली सम्झेर नवगठित समाज समान रुपमा सहयोगको भावना लिइ अघि बढ्दै जाने अध्यक्ष बिचारीले स्पस्ट पारे ।
October 9, 2018 10:31 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो