‘छक्का पञ्जा ३’ ले पायो सर्वाधिक शो, अग्रिम टिकट बुकिङ खुल्ला
यस वर्षकै सर्वाधिक प्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को टिकट बुकिङ खुल्ला गरिएको छ । चलचित्र असोज २४ गते घटस्थापनाका दिनबाट प्रदर्शनको तयारीमा छ । चलचित्रको प्रदर्शनका लागि एक दिन मात्र बाँकी रहेका बेला चलचित्र युनिटले अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो । काठमाडौं उपत्यकाका ८५ भन्दा धेरै मल्टिप्लेक्स हलहरुमा टिकट बुकिङ गर्न सकिने छ । दर्शकलाई चलचित्र हेर्न सहज होस भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले जानकारी दिए ।
शो खुला गरेको खबर बाहिरिना साथ क्युएफएक्स अन्तर्गतका हलमा दर्शकले आफ्नो टिकट सुरक्षित गर्न सुरु गरि सकेका छन् । ‘छक्का पञ्जा २’ लाई भन्दा ‘छक्का पञ्जा ३’ लाई क्युएफएक्सले ६ शो बढी उपलब्ध गराएको निर्माता गिरीले बताएका छन् । दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे कार्यकारी निर्माता रहेको चलचित्र छक्का पञ्जा ३ लाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दिपकराज गिरी दीपिका प्रसाई ,जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
October 9, 2018 11:34 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी