‘छक्का पञ्जा ३’ ले पायो सर्वाधिक शो, अग्रिम टिकट बुकिङ खुल्ला
यस वर्षकै सर्वाधिक प्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को टिकट बुकिङ खुल्ला गरिएको छ । चलचित्र असोज २४ गते घटस्थापनाका दिनबाट प्रदर्शनको तयारीमा छ । चलचित्रको प्रदर्शनका लागि एक दिन मात्र बाँकी रहेका बेला चलचित्र युनिटले अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो । काठमाडौं उपत्यकाका ८५ भन्दा धेरै मल्टिप्लेक्स हलहरुमा टिकट बुकिङ गर्न सकिने छ । दर्शकलाई चलचित्र हेर्न सहज होस भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले जानकारी दिए ।
शो खुला गरेको खबर बाहिरिना साथ क्युएफएक्स अन्तर्गतका हलमा दर्शकले आफ्नो टिकट सुरक्षित गर्न सुरु गरि सकेका छन् । ‘छक्का पञ्जा २’ लाई भन्दा ‘छक्का पञ्जा ३’ लाई क्युएफएक्सले ६ शो बढी उपलब्ध गराएको निर्माता गिरीले बताएका छन् । दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे कार्यकारी निर्माता रहेको चलचित्र छक्का पञ्जा ३ लाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दिपकराज गिरी दीपिका प्रसाई ,जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
October 9, 2018 11:34 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग