Thursday 26th March 2026

आफ्नै २ छात्रामाथी पटक–पटक बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ !

7 years अगाडी

काभ्रेपलान्चोकको पनौती नगरपालिका–१० खोपासी घर भई बेथानचोक गाउँपालिका–४ शङ्कर पहरीलाई दुई जना छात्रालाई पटकपटक यौन दुव्र्यबहार र बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मा.वि तहसम्म अंग्रेजी विषय अध्यापन गर्ने ३१ वर्षीय शिक्षक पहरीलाई पीडितको जाहेरीका आधारमा गत शुक्रबार पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए।

उनले भने, “थप अनुसन्धानमा आज म्याद थप गरी हिरासतमा राखेका छौँ ।” शिक्षक पहरीले आफ्नै विद्यालयको कक्षा ५ मा अध्ययनरत नौ वर्षका दुई जना छात्रालाई पटकपटक यौन दुव्र्यवहार र करणी गरेको जाहेरीमा खुलाइको छ ।जाहेरीमा शिक्षक पहरीले केही महीनादेखि ती दुवै छात्रालाई खाजा खाने समय तथा कक्षाकोठामा अरु विद्यार्थीलाई गृहकार्य गर्न लगाई अन्तिम बेञ्चमा आफूबीचमा बसेर उनीहरुलाई दुव्र्यबहार गर्ने गरेका थिए । यस्तै शिक्षक पहरीले स्कुलबाट छुटेर घर जाने समयमा दुईमध्ये एक छात्रालाई एकअर्काले थाहा नपाउने गरी स्कुल तथा बाटोमा एकान्त बनाई ललाइफकाइ बलात्कार गर्ने गरेको उल्लेख गरिएको छ ।

पीडित एक बालिकाको आमाले राम्रो पढाउने शिक्षक भनेर आफूहरुले विश्वास गरेको बताए । उनले भने, “डेढ वर्षदेखि नै यस्तो भएको रहेछ, सरले कहीँ कसैलाई भनेमा साथीको अगाडि पिट्छु भनेर धम्क्याउँदै आएका रहेछन् ।” उनले शिक्षक पहरीले विद्यालयका सबै विद्यार्थीलाई आफूसँग डराउने गरी दबाबमा राखेको बताए । पहरीले गत मङ्गलबार अन्य शिक्षक र विद्यार्थी घर गएपछि एक बालिकालाई स्कुलमै राखेर जबर्जस्ती करणी गरेको र घर पुगेपछि ती बालिकाले आफ्नो आमालाई बताएपछि घटना बाहिर आएको थियो । मङ्गलबारको घटनापछि बुधबार अर्की एक बालिकाले पनि ‘मलाई पनि शङ्कर सरले त्यस्तै गर्नुहुन्छ’ भनेपछि दुवै बालिकाको तर्फबाट बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको हो । पीडित बालिकालाई हाल सुरक्षित स्थानमा राखी स्वास्थ्य परीक्षण भइरहेको काभ्रेपलान्चोक प्रहरीले जनाएको छ ।

          October 9, 2018 11:37 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...