करेन्ट लागेर ट्रक चालकको मृत्यु
धादिङ, बेत्रावती । सडकमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लागेर नुवाकोटको बेलकोटगढी नगरपालिका–७ खाल्टेमा आज एक चालकको मृत्यु भएको छ। धादिङको गल्छीबाट रसुवातर्फ लैजानका लागि रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आउँदै गरेको ट्रकका चालक नुवाकोटको लिखु गाउँपालिका–१ बराहफेदीका भरत ढुङ्गानाको मृत्यु भएको हो।
ना३ख ४७६८ नंको ट्रक चालक ३४ वर्षीय ढुङ्गानाले सडकमा लत्रिरहेको विद्युतीय तार हटाउने क्रममा करेन्ट लागेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिए।
स्थानीयवासीले बिग्रेको विद्युतीय तार मर्मतमा नेपाल विद्युत् प्राधिकणको लापरवाही भएको कारण घटना भएको भन्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति र विद्युतीय तार मर्मतको माग गर्दै विरोध जनाएका छन्। उनीहरुले शव उठाउन नदिँदा आज अपराह्नदेखि देवीघाट–गल्छी सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ।
October 9, 2018 11:45 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय