रवीन्द्र मिश्रको प्रश्न– डेढ करोडको गाडी चढेर समाजवाद आउँछ ?, ‘पुराना पार्टीको दिन गयो, अब विवेकशील आउँछ’
असोज,बुटवल – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले काठमाडौंमा महल र करोडका गाडी चढेर समाजवाद नआउने बताएका छन् । उनले पुराना पार्टीहरुले सपना मात्रै बाँडेकाले उनीहरुको औचित्य समाप्त भएको दाबी गरे ।‘अहिलेको सरकारको कुरा गर्ने क्षमता छ, कल्पना बाँड्ने क्षमता छ’, सरकारबारे कटाक्ष गर्दै मिश्रले भने, ‘देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने क्षमता शून्य छ ।’
वर्तमान सरकारसँग समाजवादको कुनै नीति नै नभएको दाबी गर्दै मिश्रले प्रश्न तेर्स्याए– काठमाडौंको महल र डेढ करोडको गाडी चढेर समाजवाद आउँछ ?’शिक्षा र स्वास्थ्यमा लगानी गर्नेहरु कम्युनिस्ट र समाजवादी हुनै नसक्ने भन्दै उनले शब्दलाई खुकुलो र हल्का बनाएकोमा दुःख व्यक्त गरे ।
पुराना दलहरुको नेतृत्व सबै हिसाबले विफल भएकाले औचित्य समाप्त भएको उनको तर्क छ । ‘पुराना दल सबै हिसाबले औचित्यहीन भइसकेका छन्’, मिश्रले नयाँ पार्टीको आवश्यकतामा जोड दिँदै भने ।
साझा विवेकशील पार्टी संगठन निर्माणमा आक्रामक ढंगले पेश भएको जानकारी दिँदै उनले ३ महिने देशव्यापी अभियानले संगठन बलियो बनेको र आफ्नो पार्टी वैकल्पिक शक्तिका रुपमा अघि आउने दाबी गरे । संगठन विभाग प्रमुख मुमाराम खनालले पुराना दलको सान्दर्भिकता सकिएकाले आफ्नो पार्टी देशकै बलियो शक्तिका रुपमा उदाउने जिकिर गरे ।
October 9, 2018 12:36 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय