सोनमको बयानले रिसले आगो भएकी कंगना भन्छिन्, ‘मेरो बारेमा बोल्ने अधिकार कसले दियो ?
बलिउडमा अभिनेत्री तनुश्री दत्ता र नाना पाटेकरबीचको विवाद नसक्किँदै एक अर्का निर्देशक विकास बहलको विवादमा कंगना रनावतले दिएको बयानप्रति सोनम कपूरले प्रतिक्रिया दिँदा फेरि हंगामा मच्चिएको छ ।
हालै एक कार्यक्रममा सोनम कपूरलाई यस सम्बन्धमा प्रश्न गर्र्दै ‘यदि यस अवस्थामा भएको भए तपाई कसरी सामना गर्नुहुन्थ्यो ?’ भन्ने प्रश्नमा सोनमले भनिन्, ‘मलाई थाहा छैन म कसरी डिल गर्थेँ । तर मलाई ती महिलामाथि विश्वास छ । मलाई त्यो दुर्व्यवहार निकै खराब र कायरतापूर्ण लाग्यो ।’
सोनमलाई निर्देशक विकास बहललाई लागेको यौन शोषणको आरोपका बारेमा प्रश्न गर्दा उनले जवाफमा भनिन् ‘जे पनि भयो त्यो निकै खराब भयो । मैले जब यसबारे थाहा पाएँ मलाई एकदमै रिस उठेको थियो । कंगनाले पनि यस बारेमा लेखेकी थिइन् । तर कहिलेकाहीँ कंगना रनावतले जे बोल्छिन् त्यो सबै कुरालाई गम्भीरतापूर्वक लिन गाह्रो हुन्छ । तर जे भएको छ त्यो निकै खराब भएको छ ।’
सोनम कपूरको यस बयानका कारण कंगना रिसले आगो हुँदै जवाफ दिएकी छिन । कंगनाले जवाफमा भनिन्, ‘मेरो बारेमा जज गर्ने हक सोनमलाई कसले दियो ? के सोनमसँग लाइसेन्स छ र उनी कसलाई विश्वास गर्ने र कसलाई नगर्ने भन्दै हिँड्नलाई ? उनी उनका पिता अनिल कपूरका कारण सेलिब्रिटी बनेकी हुन् । र त्यही कारण मानिसहरुले उनलाई चिन्छन् । तर मेरो पहिचान मेरो पिताका कारण बनेको होइन । १० वर्षसम्म संघर्ष गरेर मैले सेलिब्रिटीको रुपमा आफ्नो पहिचान बनाएकी हूँ ।’ कंगनाले अगाडि भनिन्, ‘सोनम कपूर न उत्कृष्ट अभिनेत्री हुन् न त असल वक्ता । तसर्थ सोनमलाई मेरो बारेमा केही भन्ने अधिकार छैन ।’
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग