छिटो कार्यसम्पादन गर्न सरलीकृति फारमको व्यवस्था
काठमाडौं। सरकारले भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सेवाग्राहीको कामलाई सहज बनाउन ‘सरलीकृत फारम’ को व्यवस्था गरेको छ। भूमिसम्बन्धि सेवाग्राहीको कामलाई सहज, सुलभ र पाददर्शी बनाउने उद्देश्यले सरकारले मंगलबारबाट भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सरलीकृत फारम सेवा शुभारम्भ गरेको हो।
ललितपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा एक कार्यक्रमकाबीच सो सेवाको शुभारम्भ गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले जनतालाई सहज, सुलभ र पारदर्शी ढंगले भूमिसम्बन्धि सेवा उपलब्ध गराउन सो सेवाको पनि शुभारम्भ गर्नु परेको जानकारी दिइन्।
३४ वटा भूमि सुधार तथा मालपोत कार्यालयहरुमा एकसाथ शुभारम्भ गरिएको सो सरलीकृत फारम सामान्य नागरिकले पनि भर्न सक्ने गरी व्यवस्था गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए। मन्त्रालयले एक वर्ष भित्र १ सय ५ वटै भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सो सरलीकृत फारमको व्यवस्था गर्न लागिएको जनाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले एक वर्ष भित्र सबै भूमि सुधार तथा मालपोत कार्यालयहरुमा अनलाईन सेवा संचालनमा ल्याउने महत्वकांक्षी योजना यस अघि नै सार्वजनिक गरिसकेको छ।
October 9, 2018 3:47 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय