Thursday 26th March 2026

महिलालाई जबरजस्ती करणी गरेर भाग्दै गर्दा एक पक्राउ

7 years अगाडी

रुकुम, २५ असोज । एक महिलाको कोठाको चुकुल खोली जबरजस्ती प्रवेश गरेर जबरजस्ती करणी गरेर भाग्न खोज्ने रुकुम पश्चिमका एक व्यक्ति पक्राउ परेका छन्। रुकुम पूर्व भूमे गाउँपालिका–४, हुकामका ३० वर्षीय सवीन्द्र घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

घर्तीले रुकुम पश्चिम बाँफिकोट गाउँपालिका घर भइँ मुसिकोटमा कोठा गरी बस्ने ३० वर्षीय एक महिलाको कोठामा राती ढोकाको चुकुल खोली जबरजस्ती प्रवेश गरेर जबरजस्ती करणी गरेका थिए। घर्तीले पीडित महिलाको कोठामा रहेको २० हजार रुपैयाँसमेत चोरेर भाग्दैगर्दा रुकुम प्रहरीले उनलाई पक्राउ गरेको हो । घर्तीको साथबाट १६ हजार नगद र १ थान मोबाइल बरामदसमेत गरिएको प्रहरीले जनाएको छ। घर्तीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

          October 11, 2018 1:39 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...