Monday 22nd December 2025

डटेर सामना गर्नसके क्यान्सरलाई पनि जित्न सकिन्छ : अभिनेत्री मनिषा कोइराला

7 years अगाडी

क्यान्सर हुदैमा जीवन समाप्त हुदैन् । तर, क्यान्सरसँग जुध्न सक्नुपर्छ । डटेर सामना गर्नसके क्यान्सरलाई पनि जित्न सकिन्छ – यी शब्दहरु हुन अभिनेत्री मनिषा कोइरालाको । स्वयं पनि क्यान्सरलाई जितेर दोस्रो जीवन भोगिरहेकी कोइरालाले निराश र हतोत्साहित नहुनु पनि रोगविरुद्धको ठूलो जित भएको बताइन ।क्यान्सरको उपचार त्यसबेला संभव हुन्छ, जब यसको यथाशीघ्र उपचार खोजिन्छ । क्यान्सरको लक्षण देखापर्नसाथ उपचार गरेमा, पुन सामान्य जीवन बिताउन सकिने कोईरालाको अनुभव छ । क्यान्सर लाग्दैमा कसैको मृत्यु हुन्छ भन्ने छैन ।

यदि समयमै उपचार गरियो भने, त्यसको जोखिमबाट सजिलै बच्न सकिने उनको भनाई छ । जिन्दगीमा धेरै अफ्ठ्रा पाटाहरु आउनु स्वभाविक भएको वताउदै अभिनेत्री कोइरालाले संघर्ष गर्न सक्नेले नै जीवनमा सफलता पाउने बताइन । क्यान्सर भएको व्यक्तिलाई परिवारको सहयोक एकदमै महत्व हुने गरेको बताउनु भयो ।क्यान्सर कति बेला हुन्छ थाहा नहुने बताउँदै अभिनेत्री कोइरालाले नियमित चेकजाँच गरि रहन आवश्यक भएको बताइन। बिशेष गरि ४० वर्ष माथिका महिलाहरुमा यसको धेरै सम्भावना हुने भएकाले नियमित चेकजाँच आवश्यक भएको उनको सुझाव छ । वास्तवमा क्यान्सर खराब जीवनशैलीले निम्त्याउने रोग हो । यो वंशानुगत रुपमा पनि आउन सक्छ । यद्यपी शरीरलाई क्यान्सर प्रतिरोधी बनाइयो भने, त्यसले केहि गर्न सक्दैन । भनौं, स्वस्थ्य जीवनशैली नै क्यान्सरसँग लड्ने पहिलो आधार हो ।

          October 12, 2018 11:04 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...