‘मलाई देखेर मेरै श्रीमानसँग अनु मलिकले भनेका थिए – क्या माल छ
यौन उत्पीडनलाई लिएर भारतमा दिग्गज हस्तीहरु आरोपले घेरिने सिलसिला रोकिएको छैन । पछिल्लो समय चर्चित संगीतकार अनु मलिकलाई आराेप लागेको छ ।४२ वर्षीया गायिका सोना महापात्राले संगीतकार अनु मलिकले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । अनु मलिकले आफूलाई अबेर रातमा पनि लगातार फोन गर्ने गरेको बताएकी छन् ।
सोनाले अनु मलिकसँग २००६ मा एउटा कार्यक्रममा पहिलो पटक भेट भएको हिन्दुस्तान टाइम्ससँगको एउटा साक्षात्कारमा बताइन् । उनले भनिन्, ‘उनले मलाई र मेरो श्रीमान राम सम्पतलाई लन्चका लागि आईटीसी ग्र्याण्ड मराठामा बोलाएका थिए । मेरो श्रीमानसँग उनी पहिले नै काम गरिसकेका थिए । उनलाई हाम्रो विवाह भएको थाहा थिएन । भेटघाटकै क्रममा म रेस्ट रुममा गएँ । त्यतिबेला अनु मलिकले एउटा भद्धा टिप्पणी गरे – क्या माल छ सम्पत
सोनाका अनुसार त्यसपछि पनि अनु मलिकले रातिराति फोन गरेर अचम्मका कुरा गर्थे । पछि सोनाले मलिकको फोन उठाउनै छाडिदिइन् ।हिन्दुस्तान टाइम्सका अनुसार राम सम्पतले पनि यो आरोपको पुष्टि गरेका छन् । अनु मलिकले भने यो आरोपमा बोल्न अस्वीकार गरेका छन् ।यसभन्दा पहिले पनि सोनाले कैलाश खेरमाथि यस्तै आरोप लगाएकी थिइन् । ट्विटरमा उनले लेखेकी थिइन्, ‘एकपटक म कैलाश खेरसँग एउटा कन्सर्टको तयारीका लागि मुम्बईको पृथ्वी क्याफेमा गएको थिएँ । त्यतिबेला उनले मेरो तिघ्रामा हात राख्दै भनेका थिए – ‘तिमी निकै नै सुन्दर छौ । राम्रो भयो कि कुनै अभिनेताले नभएर एउटा संगीतकारले तिमीलाई पायो ।’ यो सब सुनेपछि म त्यहाँबाट निस्केँ ।’
October 12, 2018 11:13 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी