क्रिकेट : अन्तिम खेलमा सिंगापुरलाई ८१ रनमै समेट्यो नेपालले
7 years अगाडी
Susma Dhakal
काठमाडौं, २६ असोज । मलेसियामा जारी आईसीसी विश्वकप टी–ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले कसिलो बलिङ गरेपछि सिंगापुर ८१ रनमै समेटिएको छ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले कीर्तिमान बनाएको खेलमा सिंगापुरले १७.३ ओभरमा सबै विकेट गुमाउँदै केबल ८१ रन जोड्न सफल भएको हो ।
उसका लागि सुरेन्द्र चन्द्रमोहनले ३२ बलमा सर्वाधिक २५ रन बनाए । सिंगापुरका मनप्रीत सिंह र सिधान्तले समान १०–१० रन जोडे । उसका अन्य कुनै खेलाडीले दोहोरो स्कोर गर्न सकेनन् । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए । त्यसैगरी सोमपाल कामीले २ विकेट लिन सफल भए । अर्को दुई विकेट करण केसीको नाममा रह्यो । अन्य १–१ विकेट वसन्त रेग्मी र ललित राजवंशीको नाममा रह्यो
October 12, 2018 3:31 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...