Tuesday 22nd July 2025

क्रिकेट : अन्तिम खेलमा सिंगापुरलाई ८१ रनमै समेट्यो नेपालले

7 years अगाडी

काठमाडौं, २६ असोज । मलेसियामा जारी आईसीसी विश्वकप टी–ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले कसिलो बलिङ गरेपछि सिंगापुर ८१ रनमै समेटिएको छ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले कीर्तिमान बनाएको खेलमा सिंगापुरले १७.३ ओभरमा सबै विकेट गुमाउँदै केबल ८१ रन जोड्न सफल भएको हो ।

उसका लागि सुरेन्द्र चन्द्रमोहनले ३२ बलमा सर्वाधिक २५ रन बनाए । सिंगापुरका मनप्रीत सिंह र सिधान्तले समान १०–१० रन जोडे । उसका अन्य कुनै खेलाडीले दोहोरो स्कोर गर्न सकेनन् । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए । त्यसैगरी सोमपाल कामीले २ विकेट लिन सफल भए । अर्को दुई विकेट करण केसीको नाममा रह्यो । अन्य १–१ विकेट वसन्त रेग्मी र ललित राजवंशीको नाममा रह्यो

          October 12, 2018 3:31 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...