श्रद्धाञ्जलिका लागि बास्तोलाको पार्थिव शरीर सानेपामा
काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १ः३० देखि ४ बजेसम्म ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ। विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहनुभएका बास्तोलाको हिजो राति निधन भएको थियो। उनका श्रीमती र दुई छोरी छन्। शनिबार नै उनको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो। तर उपचार सम्भव नभएपछि पुनः निवासमा लगिएको थियो।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज यहाँ जारी विज्ञप्तिमा स्वर्गीय बास्तोलाको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ। उनी पूर्वपराराष्ट्रमन्त्री, नेकाका केन्द्रीय सदस्य एवम् भारतका लागि नेपालका राजदूतसमेत थिए। यसैबीच, मूल्यवृद्धि एवम् करका विषयमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत केन्द्र एवम् प्रदेश सरकारलाई आज बुझाउने भनिएको ज्ञापनपत्र कार्यक्रम स्थगित भएको पार्टीले जनाएको छ।
October 14, 2018 1:02 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय