दिल्लीबाट खाडी पठाउन लागिएका ८ नेपाली महिलाको उद्धार
खुल्ला सिमानाका कारण नेपालमा धेरै मानव तस्कर बढ्न थालेका छन् । राम्रो काम लगाई दिने मोह अनि बिवाह गर्ने भन्दै छिमेकि मुलुक भारतमा लगी बिभिन्न देशमा पठाउँने गरेको पाईन्छ ।फेरी भारत बाट मानव तस्करले खाडी देशमा घरेलु कामदारको रुपमा पठाउन लागेका आठ नेपाली महिलाको नयाँदिल्लीबाट उद्धार गरिएको छ । उनीहरूलाई पहाडगंजस्थित होटल ओमेक्स डिलक्सबाट उद्धार गरिएको दिल्ली महिला आयोगले जनाएको छ ।
पाँच जनालाई इरान र तीन जनालाई कुवेत पठाउन लागिएको बताइएको छ । उनीहरू १९ देखि ३७ वर्षका हुन् । मानव तस्करले उनीहरूलाई बस र ट्रेनबाट त्यहाँ पु¥याइएकका थिए । गत साउनमा पहाडगञ्जबाट ३९, मुनिरका र मैदानगढीबाट १६र१६ गरी ७१ नेपाली महिलाको उद्धार गरिएको थियो ।
घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जान रोक लागेपछि भारत, श्रीलंकालगायतबाट विदेशिने क्रम बढेको छ । उनीहरूलाई निजी घर र होटल लगेर राखिएको जानकारहरू बताउँछन् ।
October 14, 2018 1:44 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी