निर्मलाको हत्या भएको लगभग ३ महिनापछि निलम्बित एसपी बिष्टले सरकारलाई बुझाए यस्तो लिखित स्पष्टीकरण
काठमाडौँ – कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा गम्भीर लापरबाही गरेको आरोप लागेका निलम्बित एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले सरकारले सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका छन्।दुवै जनाले बुधबार दिउँसो सरकारलाई स्पष्टीकरणको लिखित जवाफ पेश गरेका हुन्। पत्र बुझेको २४ घन्टाभित्र लिखित स्पष्टीकरण दिनुपर्ने कानुनी ब्यवस्था बमोजिम नै जवाफ पेश गरिएको छ।
स्रोतका अनुसार स्पष्टीकरणमा विष्टले आफूले लापरवाही नगरेको दाबी गरेका छन् । १३ वषर्ीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको छानबिनमा लापरवाही गरेको भन्दै गृहले किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको थियो । यसअघि प्रहरी प्रधान कार्यालयले एसपी बिष्ट र र प्रहरी निरिक्षक जगदिश भट्टलाई बर्खास्त गर्न गृहमन्त्रालयलाई सिफारिस गरिसकेको छ ।
प्रहरी निरीक्षकदेखि उपरीक्षकसम्मको बर्खास्तगीको अधिकार गृहसचिवमा निहीत हुन्छ। गृहसचिवले दुई पटकसम्म २४ घन्टे स्पष्टीकरण सोध्न सक्छन्।
गृहसचिव प्रेम राईले भट्ट र बिष्ट दुवैलाई लिखित स्पष्टीकरण दिन पत्र काटेका थिए। स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभए दुवै बर्खास्त हुनेछन्। गत साउन ११ गते भएको पन्तको बलात्कारपछि हत्या प्रकरणका बेला विष्ट कन्चनपुरका प्रहरी प्रमुख र भट्ट घटना भएको क्षेत्रका इलाका इन्चार्ज थिए।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो