Tuesday 24th March 2026

सामान्य विवाद हुँदा पेटमा चक्कु प्रहार, युवक घाइते

7 years अगाडी

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका–२ खल्लाका १८ वर्षीय वीरेन्द्र राना पेटमा चक्कु प्रहारबाट घाइते भएका छन्।

आपसी विवादमा १९ वर्षीय कालु राना भनिने दिनेश रानाले गए राति वीरेन्द्रको पेटमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका रानाको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ। चक्कु प्रहार गर्ने कालुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

          October 25, 2018 12:07 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...