

जान्नुहोस बिहिबार जन्मेका मानिसको स्वभाव कस्तो हुन्छ ?

हामी हाम्रो भविश्यको बारेमा अन्जान हुन्छौ के गर्ने भन्ने बिषयमा धेरै हिंदु धर्मावलम्बी हरु ज्योतिष शास्त्रमा बिश्वास गर्ने गर्दछन् । जन्मेको बार, महिना, दिन र समयले मानिसको जीवनमा धेरै नै महत्वपूर्ण भूमिका खेल्दछ र प्रभाव पर्दछ। यसले मानिसको जीवन र व्यक्तित्वमा असर गर्ने गर्दछ भनि आस्था र विश्वास राख्दछौं। ज्योतिषहरुले मानिस जन्मेको बार, समय, महिना र पल हेरेर उसको भविष्य, गुण, व्यवहार र स्वभावको भविष्यवाणी गर्छन्। ज्योतिष शास्त्रका अनुसार बिहिबार जन्मेका र जन्मने व्यक्तिको गुण, स्वभाव र भविष्य यस्तो हुन्छ।
१. बिहिबार जन्मेका व्यक्ति निकै शान्त र समझदार हुने गर्दछन्।
२. यो बार जन्मेको व्यक्तिले अरुको एकदम इज्जत गर्छन्।
३. स्वच्छ र सफा विचारका हुन्छन्।
४. यो बार जन्मेको व्यक्तिमा नेतृत्व गर्ने क्षमता हुन्छ, त्यसैले जुनसुकै क्षेत्रमा काम गरे पनि त्यहाँको उच्च पद हाँसिल गर्नेछ।
५. यी मानिसहरु निकै मिहिनेती हुन्छन्।
६. यो बार जन्मेका व्यक्तिलाई स्वतन्त्र चाहिन्छ, त्यसकारण उनीहरु बन्धनमा बस्न मन पराउँदैनन्।
७. यी व्यक्तिहरु चाडैं नै अरु मान्छेलाई विश्वास गर्ने स्वभावका हुन्छन्, जसको कारण प्रतिफल पनि भोग्नुपर्ने हुन्छ।
८. बिहिबार जन्मेका व्यक्तिको धेरै साथीहरु भए पनि कम मात्र साँचो मित्रता हुन्छन्।
९. यिनीहरु अगाडी नै कुरा गर्ने खालका हुन्छन् र सुन्दरता मन पराउँछन्।
१०. बिहिबार जन्मेका व्यक्तिहरुले प्रेम विवाह गर्छन् र वैवाहिक जीवन पनि सफल र सुखमय हुन्छ।
११. यी व्यक्तिहरु सानो तिनो रोगको सिकार हुने गर्दछन्, जस्तै टाउको दुखाई, रुघा इत्यादी।
१२. यिनीहरुले धेरै पैसा कमाउँछन् र खर्च पनि उत्तिकै गर्दछन्।
October 25, 2018 2:19 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

