Tuesday 22nd July 2025

गएको सिजन च्याम्पियन्स लिगबाट बार्सिलोनाले कति कमायो ?

7 years अगाडी

काठमाडौँ, ९ कार्तिक । च्याम्पियन्स लिगबाट स्पेनिस क्लब बार्सिलोनाले गएको सिजन कति कमायो होला ? २०१७–१८ को च्याम्पियन्स लिगबाट ५७.४ मिलियन यूरो कमाएको मिडिया रिपोर्टमा उल्लेख छ ।क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको बार्सिलोनाले उपाधि विजेता रियल मड्रिडभन्दा ३१.२ मिलियन यूरो कम कमाएको हो ।

यूरोपियन फुटबलको सर्वोच्च निकाय (युईएफए)ले प्रकाशित गरेको तथ्यांक अनुसार च्याम्पियन्स लिगको जम्मा कमाई १.४१२ बिलियन यूरो रहेको छ ।त्यसमा सर्वाधिक कमाउनेमा रियल मड्रिड रहेको छ । रियलले कूल ८८.६ मिलियन यूरो कमाउँदा लिभरपुलले ८१.२ मिलियन यूरो कमायो ।

त्यस्तै, यूरोपा लिग विजेता एट्लेटिको मड्रिडले जम्मा ३१.७ मिलियन यूरो कमाएको छ भने यूरोपाको क्वार्टरफाइनलमा पुगेको सेभियाले ४८.४ मिलियन कमाएको छ ।

          October 26, 2018 11:11 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...