लुकुम खोला साना जलविद्युत् आयोजना सञ्चालनमा
रुकुम । जिल्लाकै सबैभन्दा बढी क्षमता भएको भुमे गाउँपालिका-६ सीसाघारीमा निर्माण भएको लुकुम खोला (सीसाघारी) साना जलविद्युत् आयोजनाले औपचारिक रूपमा विद्युत उत्पादन गर्न थालेको छ। उक्त आयोजना निर्माणमा करिव रु १० करोड सहयोग उपलब्ध गराएका हङ्कङ निवासी सरमाइकल कादुरीले विहिबार उद्घाटन गरेका थिए।
तीन वटा हेलिकोप्टरमा कादुरीको परिवार र एउटा हेलिकोप्टरमा डकुमेन्ट्री बनाउने टोली आइपुगेको थियो। ठाउँ अभावका कारण हेलिकोप्टर गहुँबारीमा राखिएको थियो। एकैसाथ चार हेलिकोप्टर गाउँमा पुगेपछि हेर्नेको घुइँचो पनि बढेको थियो।
एकसय पैतिस किलोवाट क्षमताको विद्युत् आयोजनाका लागि कादुरी एग्रिकल्चर एड एशोसिएसन ब्रिटिस गोर्खाज नेपाल संस्थामार्फत कादुरीको परिवारले रु नौ करोड ७५ लाख ६ हजार ७७९का साथै प्राविधिक सहयोग उपलब्ध गराएको थियो।
रु १० करोड ३२ लाख ५६ हजार ७७९ मा निर्माण भएको उक्त आयोजनामा नगद र श्रमदान गरी स्थानीय उपभोक्ताले रु ३५ लाख बराबरको लगानी गरेका थिए। विसं २०७३ कात्तिक २ देखि निर्माण शुरु भई गत साउनमा सम्पन्न भएको सो आयोजनाबाट गाउँपालिकाका काडाँ-४, मोराबाङ-३ र महत-६ वडाका ५९० घरधुरी लाभान्वित छन्।
October 26, 2018 12:14 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’