मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
काठमाण्डाै – नेपालमा भित्रिने रेमिट्यान्स र इन्धनको प्रमुख स्रोतका रूपमा रहेका मध्यपूर्वी देशमा पछिल्लो समय विकसित तनावका कारण देशको अर्थतन्त्र र ऊर्जा क्षेत्रमा गम्भीर सङ्कट देखापर्न सक्ने जोखिम बढेको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज गरेको कार्यक्रममा भोलि आउन सक्ने सङ्कटबाट जोगिन जतिसक्दो छिटो पूर्वतयारीका काम अघि बढाउन सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
अमेरिका/इजरायल–इरान तनावकाबीच विश्वव्यापी ऊर्जा सङ्कट गहिरिँदै गएको र त्यसबाट नेपालजस्ता रेमिट्यान्समा आधारित अर्थतन्त्र भएका तथा आयातित इन्धनमा भर पर्नुपर्ने देशहरू बढी प्रभावित हुने आँकलन छ ।
मध्यपूर्वमा द्वन्द्व बढ्दै गएमा पेट्रोलियम पदार्थको अभाव, नेपाली श्रमिकको रोजगारी कटौती र त्यसबाट रेमिट्यान्स घट्न गई नेपालीको चुलोचौकामा समेत नकारात्मक प्रभाव पर्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताउनुभयो । ऊर्जा र खाद्य सुरक्षामा नेपालले मुख्य ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।
पेट्रोलियम पदार्थसहितका दैनिक अत्यावश्यक वस्तुको उचित मौज्दात राख्ने र त्यसको व्यवस्थापनमा मेहनत गर्न भट्टले सरकारलाई सुझाव दिनुभयो । पेट्रोलियम पदार्थको आयातमा नेपाल पूर्णरूपमा भारतमा निर्भर रहेको अवस्थामा भारतमै पेट्रोलियम पदार्थको अभाव देखिँदा त्यसको प्रभाव स्वतः नेपाली बजारमा पर्ने उहाँको भनाइ छ ।
मध्यपूर्व र खाडीका देशमा लाखौँ नेपाली श्रमिक कार्यरत छन् । नेपालबाट दैनिक १ हजार ५०० जनाभन्दा धेरै युवा रोजगारीका लागि खाडीका देश जाने गरेका छन् ।
श्रम आप्रवासन क्षेत्रका जानकार रामेश्वर नेपालले अहिले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली श्रमिकलाई सरकारले तत्काल उद्धारको पहल गर्नुपर्ने बताउनुभयाे । श्रम विज्ञ नेपालले मध्यपूर्वमा पछिल्लो तनावले धेरै नेपाली समस्यामा परेका बताउनुभयो ।
सरकारले तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको बताउँदै आएकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । अहिलेसम्म झन्डै ७० हजार नेपालीले सरकारको पोर्टलमा नाम दर्ता गराइसकेको अवस्थामा सरकारको प्रयास सकारात्मक भए पनि उद्धार कार्यमा प्रभावकारी काम गर्न नसकेको श्रमविज्ञ नेपालले टिप्पणी गर्नुभयो ।
उहाँले सरकारले सुरक्षासम्बन्धी स्पष्ट र पर्याप्त सूचना प्रवाह गर्न नसकेको पनि बताउनुभएको छ । सरकारले ‘सुरक्षित रहनुहोस्’ भनेर मात्र सूचना दिइरहेको तर कसरी सुरक्षित हुने, कहाँ के भइरहेको छ ? भन्नेतर्फ जानकारी नगराएकोमा श्रमविज्ञ नेपालले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।उज्यालो
March 13, 2026 11:49 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन