Tuesday 24th March 2026

अब लाइसेन्स लिन ८ कक्षा पास

7 years अगाडी

हेटौँडा, १० कात्तिक । प्रदेश ३ सरकारले चालक अनुमति प्राप्त गर्न कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको छ ।

प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा चालक अनुमति प्राप्त गर्न अनिवार्य रुपमा कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको हो । विधेयकको चालक अनुमतिसम्बन्धी व्यवस्थामा दफा ५१ मा चाकको योग्यता कक्षा ८ उत्तीर्ण नभएको व्यक्ति चालक अनुमतिपत्र प्राप्त गर्न योग्य नहुने उल्लेख छ ।

प्रदेशसभामा पेस भई सैद्धान्तिक छलफल भएको विधेयकमा अनुमतिपत्र प्राप्त गर्न ठूला सवारीको हमा २५ वर्ष, मझौला सवारीका लागि २२, सानो सवारी, मोटरसाइकल, स्कुटरलगायतका सानो दुई पांग्रेका लागि १८ वर्ष उमेर भएको हुनुपर्ने व्यवस्थासहित प्रस्ताव गरेको छ। गोरखापत्र दैनिकमा खबर छ ।

          October 27, 2018 10:52 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...