एएफसी यु-१९ महिला छनोट फुटबलमा नेपालले भारतलाई हरायो
काठमाडौं, कात्तिक । थाइल्याण्डमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले समूहको आफ्नो दोस्रो खेलमा पहिलो जीत निकालेको छ ।पहिलो खेलमा घरेलु टोली थाइल्याण्डसँग ३–० ले हारेको नेपालले दोस्रो खेलमा भारतलाई २–० को हराएको हो । नेपालका लागि दुवै गोल स्ट्राइकर रेखा पौडेलले गरिन् ।
थाइल्याण्डको चोनबुरी रंगशालामा जारी खेलको पहिलो हाफमा गोलरहित बराबरी खेले पनि ५९औं मिनेटमा स्ट्राइकर रेखा पौडेलले गोल गर्दै टिमलाई अग्रता दिलाएकी छन् । रक्षात्मक देखिएको भारतको अफसाइड ट्र्याप तोड्दै उनले गोल गर्न सफल भइन् ।८८ औं मिनेटमा पनि रेखाले नै गोल गर्न सफल भइन्भारतीय गोलरक्षक अगाडि बढेको अवस्थामा शानदार चीप शटमार्फत उनले गोल गरेकी हुन् ।
जितसँगै नेपालको एएफसी च्याम्पियनसिपमा छनोट हुने सम्भावना जीवितै बनेको छ । नेपालको २ खेलबाट ३ अंक भएको छ । समान एक जित र एक हारको नतिजा निकालेको भारतको पनि तीन अंक नै छ । समूहको पहिलो खेलमा भारतले पाकिस्तानबिरुद्ध १८–० ले हराएको थियो ।६ समूहबाट एक एक समूह विजेता र समूहको उत्कृष्ट दुई उपविजेता टोलीले दोस्रो चरणमा प्रवेश पाउनेछन् ।
October 27, 2018 11:02 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :