डान्स सिकाउने गुरुबाटै बालिका बलात्कृत
इटहरी, १० कात्तिक । गत बुधबार साँझ इटहरी वडा नम्बर १० की एक बालिका घरनजिकै नृत्य (डान्स) सिक्न गइन् । नृत्य सिक्न अरु साथी पनि भेला भइसकेका थिए । दसैंअघिदेखि नै स्थनीय राज क्ल्बले तिहारका लागि नृत्य सिकाउन थालेको थियो ।
त्यो दिन सहभागी बसैजना नृत्य सिक्न थाले । नृत्य गरिरहेका बेला सिकाउने गुरुले ती बालिकालाई ‘साउन्डले गर्दा केही सुनिएन, एकैछिन तिमीसँग काम छ’ भनेर बाहिर निकाले । उनले ती बालिकालाई गोप्य छ भनेर नजिकै रहेको दुर्गा मन्दिर छेउमा लगे । दुर्गा मन्दिर एकान्त स्थानमा छ । नृत्य सिकाउने गुरु, त्यसमाथि पनि गाउँकै दादा भएकाले बालिकाले उनको प्रस्तावलाई स्वीकार गरिन् ।
जबरजस्ती करणीको योजना बनाएर बालिकालाई साथीसँग छुटाएर सोही ठाउँका २१ बर्षीय नविन विकले एकान्त स्थलमा लगे । त्यसपछि बालिकालाई सिधै प्रस्ताव राख्दा उनले अस्विकार मात्र गरिनन् । सक्नेसम्म प्रतिकार गरिन् । बालिका ठूल्ठूलो आवाजमा रोइन् कराइन् । आफूमाथि कुकृत्य गर्ने युवाको अनुहार पूरै चिथोरिन् । तर, एकान्त स्थान भएकाले गर्दा कसैले सुनेनन् । त्यति गर्दा पनि विकले बालिकालाई हल्ला गरे ढुंगाले हानेर मारिदिने धम्की दिँदै जबरजस्ती करणी गरे । नागरिक दैनिकमा खबर छ ।
October 27, 2018 11:27 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’