कुटपिटपछि शिक्षक बेपत्ता पारेको अभियोगमा वडा अध्यक्ष सहित ५ जना जेल चलान
रुकुम पूर्व – कुटपिटपछि शिक्षक बेपत्ता पारेको अभियोगमा वडा अध्यक्ष सहित ५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । पुथाउत्तरगंगा गाउँपालिका–२ को पेल्मा आधारभूत विद्यालयका शिक्षक ५१ वर्षीय मखनकुमार केसीलाई बेपत्ता बनाएको अभियोगमा वडाअध्यक्ष सतसिङ बुढासहित ५ जनालाई रुकुमकोट जिल्ला अदालतले कारागार चलान गर्न निर्देशन दिएको हो । विद्यालयका निमित्त प्रधानाध्यापक समेत रहनुभएका शिक्षक केसी सिस्ने गाउँपालिका–६ का हुनुहुन्छ । शिक्षक केसी त्यस विद्यालयमा २३ वर्षदेखि अध्यापनरत हुनुहुन्थ्यो ।
जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले वडाअध्यक्ष बुढासहित त्यसै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामी, त्यसै ठाउँका रामराज झाँक्री, विनोद खत्री र पुथाउत्तरगंगा गाउँपालिका–१०का खिन्ते भनिने विकास बुढालाई कारागार चलान गरिएको अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुुसार, शुक्रबार बेलुकी ८ बजेसम्म भएको बयान र बहसपछि त्यो आदेश भएको हो । अदालतले शुक्रबार निरन्तरको सुनुवाइपछि शुक्रबार नै फैसला गरेको थियो । उनीहरुलाई शुक्रबार राति नै रुकुम पश्चिमको कारागार पठाइएको छ ।
स्थानीय नागरिकले भदौ १४ देखि शिक्षक सम्पर्कमा नरहेको बताएका छन् । भदौ १७ गते मात्रै परिवारले शिक्षक हराएको खबर पाएका थिए । खबर पाएलगत्तै उनका दाजु मोहन केसीसहित आफन्तको २ वटा टोली खोजीका लागि २ पटक पेल्मा पुगे पनि केही पत्ता लगाउन सकेका थिएनन् । भाइ बेपत्ता भएको लामो समयसम्म केही पत्ता नलागेपछि मात्रै अदालतमा किटानी जाहेरी दिएको मखनका दाइ मोहनकुमारले बताउनुभयो । उहाँले स्थानीय सरकारको मिलोमतोमा घटना छिपाइएको आरोप लगाउनुभयो ।
शिक्षक केसी भदौ दोस्रो हप्तादेखि परिवार तथा आफन्त कसैको सम्पर्कमा नरहेको बताइएको छ । गएको साउन ३१ गते पुथाउत्तरगंगा गाउँपालिका–१०का विकास बुढा, धर्मसुर बुढा र पेल्माकै रामराज झाँक्रीलगायतले शिक्षक केसीमाथि कुटपिट गरेका थिए । साउन ३१ गते कुटपिटपछि भाद्र १ गते स्थानीय मेडिकलमा उपचार गराएका केसी त्यसको केही दिनपछि बेपत्ता भएको बताइएएको छ ।
October 27, 2018 12:02 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :