Tuesday 24th March 2026

चितवनमा बोलेरोको ठक्करबाट पैतलयात्रुको मृत्यु

7 years अगाडी

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डस्थित गाईघाटमा गए राति बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-२९ मा बोलेरोले पैदलयात्रीलाई ठक्कर दिदाँ उनको मृत्यु भएको हो। उपचारका क्रममा अस्पतालतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

मृतक अन्दाजी ४० वर्षका भएको र उनको सनाखत हुननसकेको प्रहरीले जनाएको छ। कुखुरा बोक्ने सोतो रङ्गको बोलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्कर दिने बोलेरो र चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

          October 27, 2018 12:08 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...