काभ्रे र भक्तपूरको सिमानामा आशापुरिश्वर साँस्कृतिक उत्सब हुने ।
शुक्र मोक्तान,
काभ्रे – भक्तपुर र काभ्रे जिल्लाको सङ्गम स्थल आशापुरिश्वर मन्दिरको प्राङ्गणमा यही २०७५ साल कार्तिक २० गतेका दिन सङ्गितकार सुरेश अधिकारीको प्रमुख आतिथ्यमा आशापुरिश्वर साँस्कृतिक उत्सब तथा गायक बिजय लामाको नागरिक अभिनन्दन र कलकार सम्मान कार्यक्रम हुने भएको छ।
काभ्रे सेवा समाज साउदी अरबका अध्यक्ष तथा समाज सेवी जेन कुमार लामाको मुख्य पहलमा सुर्यबिनायक नगरपालिका ८ को वडा सदस्यको अजय तामाङ् संयोजकत्वमा १७ सदस्यिय मुल आयोजक समारोह समिती गठन गरी यस कार्यक्रमको आयोजना गरिएको जानकारी आयोजकले दिएका छन्।
उक्त कार्यक्रमको उद्देश्य नेपाली साङ्गितिक क्षेत्र तथा कलाकारितामा लागेका कलाकारहरुलाई सम्मान गर्ने र नव प्रतिभाहरुलाई प्रोत्साहन दिने रहेको जानकारी आयोजक सल्लाहकार जेन कुमार लामाले दिएका छन् साथै उने आफ्नो कला र सँस्कृती संरक्षणको लागी आफ्नो ठाउँ बाट गर्न सकिने एक कदम चालेको बताए।
उक्त दिन कार्यक्रम बिहान १० बजे बाट सुरू हुनेछ भने कार्यक्रममा आ-आफ्नो कला प्रस्तुतीको लागी कलाकारहरू ईन्दिरा गुरूङ्, विश्व दोङ्, शसिकला मोक्तान, प्रमोद निर्वाण, गोकुल राउत, मानसराज, लोकेन्द्र सेजवाल, सविना थापा र निशा तामाङ्को उपस्थिती रहने छन् ।
October 28, 2018 6:19 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’