एनआरएनए ताबुकको तेश्रो अधिवेशन तथा दशै विशेष कार्यक्रम सम्पन्न ।
मनोज बराल,
साउदि अरब – गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुक साउदी अरबले आफ्नो तेश्रो अधिवेशन सम्पन्न गरेको छ । ताबुकको अल मुफ्ता रिसोर्टमा भएको कार्यक्रमको सभापतित्व क्षेत्रीय अध्यक्ष अर्जुन थापाले गरेका थिए । प्रमुख अतिथीमा एनसीसी सदस्य मनोज बराल थिए भने बिशिस्ट अतिथीको रुपमा एनसिसी उपाध्यक्ष तथा एनआरएनए ताबुकका सस्थापक भक्त हमाल थिए । कार्यक्रममा एनआरएनए ताबुकको नयाँ समितिको चयन भएको थियो ।
अर्जुन थापाको अध्यक्षतामा २१ सदस्यीय समितिको चयन भएको छ । वरिष्ठ उपाध्यक्षमा रामशरण खाती उपाध्यक्षमा नर बहादुर खतिवडा र छत्र बहादुर थापा(राजु) चयन भएका छन भने सचीव युवराज पोख्रेल तथा सह-सचिव श्याम कुमार साफी चुनिएका छन त्यसैगरी कोषाध्यक्षमा देविबहादुर सुतार कार्की र सह- कोषाध्यक्षमा दुर्गा सापकोटा चयन भएका छन । समितिको युवा संयोजक राजु खनाल साथै प्रवक्तामा भिम गुरुङ सर्व सम्मत चुनिएका छन । एनआरएनए ताबुकको कार्यसमिति सदस्यहरुमा राजकुमार राइ, प्रकास थापा, ओम थापा, लिला हुमागाइ, राजकुमार श्रेष्ठ, दिपक कार्की, रुद्र चौधरी, खेमराज खत्री लगायत चुनिएका छन ।
कार्यक्रमको दोश्रो चरण अन्तर्गत सामुहिक टिका ग्रहण कार्यक्रम भएको थियो । जहाँ अग्रज ब्यक्तित्व भक्त हमाल बाट उपस्थित सबैले टिका गरेका थिए । टिका ग्रहण पश्चात सामुहिक भोजको कार्यक्रम भएको थियो साथै मनोरन्जनका लागी भलिबल कार्यक्रम पनि भएको थियो । कार्यक्रमको अवसरमा सस्थाप्रती योगदान गर्ने महानुभावहरुलाइ सम्मान-पत्र वितरण गरिएको थियो ।
October 29, 2018 8:00 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो