सिँचाइको विषयमा विवाद हुँदा वृद्धमाथि कुटपिट, वृद्धको घटनास्थलमै मृत्यु
7 years अगाडी
Susma Dhakal
लमही । दाङमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ। तोरीमा सिँचाइ गर्ने पानी लैजाने विषयमा विवादपछि कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ७३ वर्षीय सुकलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय ४० वर्षीय मइमान बस्नेतको कुटपिटबाट भण्डारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। हत्या आरोपमा बस्नेतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। भण्डारीको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ।
October 30, 2018 12:59 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
Loading...