विदेशबाट फर्केर फलफूल खेती
भीमदत्तनगर । वैदेशिक रोजगारीमा मलेसिया गएका कञ्चनपुरको भीमदत्त नगरपालिका-१० तिल्केनीका ३४ वर्षीय शम्शेर धामी गत वर्ष स्वदेश फर्किए।
युवाशक्ति मुलुकभित्र रोजगार नपाएर बाहिरीरहेका बेला साथीसँगै धन कमाउन मलेसिया पुगेको ४२ महीनापछि घर फर्किएका धामी कृषि पेशामा लागेर आम्दानी गरिरहेका छन्। “विदेशको काम र दुःखभन्दा त आफ्नै खेतबारीमा काम गर्नु लाभदायक छ।” धामीले भने, “घर परिवारसँगै रहेर गाउँघरमै काम गर्नुको मज्जा नै बेग्लै छ।” लामो समय आफ्ना अभिभावक गाउँमा केराखेतीमा होमिएको विगत सुनाउँदै धामीले पछिल्लो समय चार बिघा खेतमा फलफूल खेती गरिरहेको जानकारी दिए।
“बुवा/बाजेले शुरुमा केराखेती गरे”, उनले भने, “नयाँ खेती गर्ने सिलसिलामा केही वर्षयता फलफूल खेती गर्दैछु।” आँप, लिची र कटहर खेती गर्दै आएका धामीले जुम्लामा पनि स्याउखेती गर्न १० रोपनी जग्गा खरिद गरिसकेको बताए। “अब माघ, फागुनमा जुम्ला गएर स्याउखेती गर्ने योजना बनाएको छु,” उनले भने, “विदेशको श्रम यहाँ गरे खेतबारीमै सुन फल्छ।” व्यावसायिक रूपमा फलफूल खेती गरिरहेका धामीले तीन पुस्ता नै नगदे बालीमा लागेको बताए।यहाँ उत्पादन हुने गरेको फलफूल भीमदत्तनगर, अत्तरिया र धनगढीलगायतका बजारमा खपत हुने गरेको छ। “हामीले उत्पादन गरेको फलफूल ठेकेदारमार्फत बिक्री वितरण गर्छौँ,” उनले भने, “अहिले दुई वर्षका लागि रु आठ लाखमा ठेक्का दिएका छौँ।” बेलाबखत कृषि कार्यालयबाट हुने गरेका प्राविधिक तालीमसमेत लिएका धामीले आफ्नो पुरै समय बगैँचामा खर्च हुने गरेको बताए।
“पानी हाल्नेदेखि फल आएका बेला औषधि छर्किने काम आफैँ गर्छु,” उनले भने, “यहाँ थोरै परिश्रममा धेरै कमाई गर्न सकिन्छ।” फलफूलसँगै बिरुवा उत्पादन गरी बिक्री वितरण गर्ने नर्सरी सञ्चालनको समेत तयारीमा रहेका फलफूल कृषक धामीले कृषिलाई नै पेशा बनाएर जीविका चलाउने बताए।
“सरकारले दिने अनुदान रकम हामीजस्ता युवा किसानलाई दिए व्यावसायिक रूपमा अगाडि बढ्न सहज हुन्थ्यो,” उनले भने, ‘कृषिमा लाग्न प्रोत्साहन गर्न पनि युवा कृषकलाई अनुदान दिनु आवश्यक छ।” रास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी