Tuesday 10th March 2026

१४ वर्षसम्म बुवा आमाले छोरी सम्झेर पालेका थिए, एक दिन अचानक उनी छोरा भए

7 years अगाडी

एजेन्सी। १४ वर्षसम्म जसलाई छोरी भनेर बुवा आमाले पालेर राखेका थिए, १४ वर्षपछि उनी छोरा रहेको थाहा भएको छ। यो अचम्मको घटना भारतको विहार राज्यको जहानाबादको हो। नामदेखि कपडासबै युवतीको लगाउने उनी वास्तविक जीवनमा छोरा रहेको पुष्टि भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

परिवारका सदस्यले उनीमाथि शंका भएपछि उनको चेकअप गराएका थिए जहाँबाट उनी युवक रहेको थाहा भयो। आईजीआईएमएसका जेनेटिक साइन्स विभागका डाक्टरले एक एक युवकमा युवकीको विकृत अंगलाई तीन चरणमा अपरेशन गरेर सुधार गरेका छन्।

डाक्टरका अनुसार ती युवाको शरीरको जेनेटिक र हार्मोनल जाँच गरिएको थियो र त्यसैका आधारमा उनी केटा भएको र विकृत अंगका कारण उनको अवस्था केटीको जस्तो देखिएको थियो। उनको अवस्था अहिले सामान्य छ। डाक्टरका अनुसार यदि कुनै बच्चामा विकृत अंग देखियो भने त्यसलाई लुकाउनुको साटो सही समयमा विशेषज्ञ डाक्टरलाई देखाउनुपर्छ।

          October 31, 2018 10:54 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...