बझाङमा भीरबाट लडेर दुई महिलाको मृत्यु
7 years अगाडी
Susma Dhakal
बझाङ । तल्कोट गाउँपालिकामा भीरबाट लडेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ। स्याउला ल्याउन जङ्गल जाने क्रममा भीरबाट लडेर तल्कोट गाउँपालिका–७ धामीगाउँका ३३ वर्षीया जानकी धामीको मृत्यु भएको हो। घाइते धामीको जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस्तै घाँस काट्ने क्रममा भीरबाट लडेर खप्तड छान्ना गाउँपालिका–१ गोठखोलाका २२ वर्षीया पार्वती जोशीको मङ्गलबार मृत्यु भएको छ। घर नजिकै आफ्नै बारीमा घाँस काट्दा लडेर घाइते भएकी जोशीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
October 31, 2018 11:03 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
Loading...