रियल मड्रिडको संकट, दोषी को ?
एजेन्सी, १४ कात्तिक । पछिल्लो समय रियल मड्रिडमा ठुलै संकट परेको छ ।नयाँ प्रशिक्षकको खोजी गरेको रियलको समस्या प्रशिक्षक नियुक्त गरेपछि यथावत् रहने फुटबल पण्डितहरु बताउँछन् ।समस्या गोल गर्ने खेलाडीहरुको अभाव हुनु हो त्यसलाई क्लबले हालसम्म पनि पहिचान गर्न सकेको छैन ।
मिडिया रिपोर्टका अनुसार प्रशिक्षक जुलेन लोपेतेगुईलाई रियलमा अनुबन्ध गर्नु पुर्व रियलले नयाँ खेलाडी किन्ने योजनाबारे कुराकानी गरेको थियो ।तर, रियलका अध्यक्ष फ्लोरेन्टो पेरेजले नयाँ खेलाडी किन्न कुनै इच्छा नदेखाएको बताइएको छ । लोपेतेगुई र पेरेजबीच पनि यही कुरालाई लिएर विवाद भएको बताइएको छ ।
मिडिया रिपोर्ट अनुसार पेरेजको घमण्डका कारण रियलको साख गिरेको हो । क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छोडेपछि उनको विकल्पको खेलाडी ल्याउन हरसम्भव प्रयास गर्नु पर्ने थियो ।त्यो उत्सुकता उनले देखाएनन् । रियलको संकट यतिमा सिमित छैन । मिडफिल्डर लुका मोड्रिच पनि रियल छोड्ने तयारीमा रहेका छन् । सिजनको सुरुवातमा नै उनले छोड्ने तयारी गरेका थिए ।
तर, रोनाल्डोले छोडेपछि उनलाई रियलमा बस्न पेरेजले नै आग्रह गरेका थिए ।रियलको संकट पार लगाउन अब पेरेजले कस्तो भुमिका खेल्छन् वा आफ्नो घमण्डमा अडिग रहेर क्लबमा थप संकट ल्याउँछन् त्यो भने सबैको चासोको विषय बनेको छ ।यस सिजन बार्सिलोनासँग लज्जास्पद हार भोगेको रियलको १० खेलमा १४ अंक रहेको छ ।
October 31, 2018 11:07 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :