

चितवन राइनोजले दियो धनगढी ब्लुजलाई १९४ रनको लक्ष्य

पोखरा प्रिमियर लिग क्रिकट (पीपीएल) मा चितवन राइनोजले धनगढी ब्लुजलाई १९४ रनको लक्ष्य दिएको छ । चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको छ ।टस हारेर पहिला ब्याटिङ गरेको चितवनले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि हरिशंकर साह र अनिल साहले १०१ रनको साझोदारी गरेका थिए ।
जुन साझेदारी पीपीएलकै सर्वाधिक ठूलो साझेदारी हो । पहिलो विकेटका रुपमा अनिल साह ३७ रन बनाएर आउट भए । अर्का ओपनर हरिशंकर साहले अर्धसतकीय पारी खेल्दै ५३ रन बनाए । लगातार दुई विकेट गुमाए पछि चितवनको रन बनाउने रफ्तारमा कमी आएको थियो ।
तर नट आउट रहेका सन्नी पटेल र करन केसीले २६ र ११ रन बनाएका थिए । स्मित पटेलले २४ रन बनाउँदा कप्तान पारस खड्का १९ रनमा पेभेलियन फर्किए । धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी,डन लरेन्स,योगेन्द्रसिंह कार्की र मन्जीत श्रेष्ठले एक एक विकेट लिएका थिए ।
October 31, 2018 11:47 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

